लायन्स लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङ द्वारा खाद्यान्न सहयोग

प्रकाशित मिति:

घोराही, १० भदौ । घोराही उपमहानगरपालिका वडा नं. ३ कुइरेपानीमा रहेका मानसिक सन्तुलन गुमाएकाहरुलाई राप्ती इञ्जिनियरिङ कलेजले खाद्यान्न सहयोग गरेको छ । सामाजिक सेवाको क्षेत्रमा कार्यरत लायन्सको मासिक कार्यक्रम अन्तरगत कुइरेपानीमा रहेको प्रेरणाका लागि अभियान नेपालको पुन:स्थापना केन्द्रमा पुगेर लायन्स क्लव राप्ती इञ्जिनियरिङ कलेजको टिमले खाद्यान्न सामग्री प्रदान गरेको थियो ।

लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङका अध्यक्ष मधुसूदन बैद्यको अध्यक्षता तथा लायन्स क्लव ३२५ एन अन्तरगत रिजन चियर प्रसन डा. भिमसेन गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा चामल, दाल, तेल, नुन, विस्कुट, च्युरा र सावुन उपलव्ध गराइएको थियो । प्रेरणाका लागि अभियानका संस्थापक सचिव गुणाकर भुसालले सामग्री ग्रहण गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा. गिरीले लायन्सले समाज सेवाको क्षेत्रका विभिन्न कामहरु गरिरहेको बताउनुभयो । समाजमा रहेका असहाय, पीडित र रोगीहरुलाई सहयोग गर्ने लायन्सको कार्यक्रम निरन्तर रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेरणाका लागि अभियानका भुषालले मानसिक सन्तुलन गुमाएकाहरु सवैको हेलाको पात्र हुने गरेकोे भन्दै घर परिवारले राम्रो रुपमा हेर्न सक्ने र समस्या बुझ्ने हो भने मानसिक सन्तुलन गुमाएकाहरुले पूर्ववत: अवस्थामा फर्कन सक्ने बताउनुभयो ।

उक्त अवसरमा लायन्स क्लव राप्ती इञ्जिनियरिङका निवर्तमान अध्यक्ष रेशम गिरी, प्रथम उपाध्यक्ष कर्ण बहादुर पुन, द्वितिय उपाध्यक्ष शरद अधिकारी, सचिव थानेश्वर चौधरी र कोषाध्यक्ष शर्मिला दहितको उपस्थिति रहेको थियो ।