नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन कम्पनीको १४७: ५२ प्रतिशत हकप्रद समायोजन गरेको हो । समायोजपश्चात कम्पनीको मूल्य २ सय ८१ रुपैयाँ ४० पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात शुक्रबार कम्पनीको शेयर प्रतिकित्ता ५ सय ४९ पैसामा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।












