काठमाडौं, भदौ १३ – काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन्।काठमाडौं महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अर्याललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो।
अर्यालसहित पाँचजनालाई महानगरले कानुनी सल्लाहकारमा राखेको छ। अर्याल भने मेयर बालेन्द्र बालेन साहको ‘विशेष कानुनी परामर्शदाताका’ रुपमा रहने बताइएको छ। उनलाई सुरुमा ६ महिनाका लागि नियुक्ती गरिएको हो। अर्यालकै न्यायिक पहलबाट अख्तियार अनसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त लोकमानसिंंह कार्की पदमुक्त भएका थिए। उनी चिकित्सा शिक्षा अभियन्ता डा। गोविन्द केसीको सत्याग्रह अभियानका मुख्य सहयोगी पनि हुन्।












