पश्चिम नवलपरासीमा दुर्घटनामा परी एक जनाको मृत्यु

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
भदौ १३ गते

पश्चिम नवलपरासीको बर्दघाटमा दुर्घटना हुदा एकको मृत्यु भएको छ । लु २७ प ७९५३ नम्बरको मोटर साइकल दुर्घटनामा परि बर्दघाट १४ निवासी मान बहादुर जर्घा मगरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख बिरेन्द्र केसि ले जानकारी दिनु भयो ।

बर्दघाट १४ धर्म बस्तीको भित्र सडक खण्डमा दक्षीण बाट उत्तर तर्फ जाँदै गर्दा मोटर साइकल अनियंत्रित भइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।