बुटवलको सामुदायिक बन उपभोक्ता समुह चरपाला बन उपभोक्ता समुहद्वारा निवार्चन कार्यतालिका सार्बजनिक
बुटवलको सामुदायिक बन उपभोक्ता समुह चरपाला बन उपभोक्ता समुहले निवार्चन कार्यतालिका सार्बजनिक गरेको छ । नेपालको सबै भन्दा ठुलो सामुदायिक बनले निर्बाचनको लागि बिभिन्न उप समितिहरुको गठन गरि कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचनका लागि १६ बटा उपसमितिहरु गठन गरिएको छ । गत भदौ १० गतेबाट साबर्जनिक गरेको पत्रमा सस्थाहको भदौ १८ गते अधिबेसन हुने निबार्चन अधिकृत रुपेस पौडेलले जानकारी गराउनुभयो ।वन क्षेत्र बिभिन्न १ उप महानगरपालिका सहति दुइ गाउंपालिका रहेका छन् ।
बुटवल उपमहानगरपालिकाको वडा नम्बर १२,१४ १५,१६ र १९ वडा रहेका छनर । शुद्दोधन गाउंपालिकाको १,२,३,४,५,६,७ वडा र सियारी गाउंपालिकाको ६,७ नम्बर वडा चारपाला सामूदायिक वनका रहेका छन् । 











