बगदाद, भदौ १४ – इराकमा प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जामा लिएका छन्। सिया धर्मगुरु मुक्तदा अल–सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेपछि हिंसात्मक प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जमा लिएका हुन्।
सद्रका हजारौं समर्थकले राष्ट्रपति भवनमा हमला गरेका छन् । अश्रुग्यासले प्रदर्शनकारीलाई रोक्न नसकेपछि सुरक्षाकर्मीले गोली समेत चलाएको छ। सोक्रममा २० जनाको मृत्यु भएको र ३ सय बढी घाइते भएको बताइएको छ। राष्ट्रपति भवन क्षेत्रमा कफ्र्यु लगाइए पनि त्यसलाई तोड्दै सद्रका समर्थकले राष्ट्रपति भवन कब्जा गरेका छन् । उनीहरू स्विमिङ पुल, बैठक हल लगायत पूरै दरबारमा घुमिरहेका तस्बिर सार्वजनिक भएका छन् । यता, धर्मगुरु मुक्तदा अल–सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् ।












