चितवन १ मा कांग्रेसबाट चुनाव लड्न अर्थशास्त्री वाग्लेले दिए आवेदन

प्रकाशित मिति:

काठमाडौं, भदौ १४ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार हुन चितवन क्षेत्र नम्बर १ मा आवेदन दिएका छन्।वाग्ले यूएनडिपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार थिए। उनी हालै नेपाल आएका थिए।

यस्तै कांग्रेसकाबाट चितवन १ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन दिएका हुन्। समानुपातिकतर्फ नेता शुशीलादेवी उप्रेती, सावित्री बोगटी पाठक, जोखाप्रसाद चौधरी, वासुदेव चौधरी, सावित्रीदेवी चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापाले निवेदन दर्ता गरेका छन्।