बुटवल । लायन्स क्लब अफ बुटवल देवीनगरको प्रथम चार्टर नाइट सम्पन्न भएको छ । कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ पी का गभर्नर नवराज न्यौपाने,प्रथम भाइस गभर्नर अर्जुनमान सैंजू,ड्रिस्ट्रक्ट सेक्रेटरी सन्दिप कसौधन, एक्सटेन्सन चेयरपर्सन ज्ञानप्रसाद पौडेल,क्लबकी चार्टर प्रेसिडेन्ट मिना कार्की लगायतले बोल्दै सामाजिक सेवामा निस्वार्थभावले लाग्न क्लबलाई सुझाव दिएका थिए ।
उनीहरुले क्लबको पहिचान झल्किने दीर्घकालीन काम (सिग्नेचर प्रोजेक्ट) शुरु गर्न समेत सुझाव दिए । क्लबकी अध्यक्ष शोभा रानाले अग्रज लायनहरुको सल्लाह सुझाव अनुसार मानवीय र समाजिक सेवामा थप क्रियाशील हुने बताइन् । कार्यक्रममा जनता मावि रामनगरका ५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई १५ हजार रुपैयां आर्थिक सहयोग प्रदान गरिएको थियो भने सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । शर्मिला कुंवरको स्वागत, आरती बरालको सञ्चालन र क्लबकी कोषाध्यक्ष संगीता खत्रीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।












