कांग्रेसले ८० र माओवादीले ६० को वरिपरि लिनेगरी सहमति हुन्छ : प्रचण्ड

प्रकाशित मिति:

काठमाडौं, भदौ २१ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारसम्म सिट बाँडफाँट टुंगिने बताएका छन्। मंगलबार धनगढीमा पत्रकारहरुसँग बोल्दै प्रचण्डले बुधबारसम्म गठबन्धनको शीर्ष नेताहरुको बैठक बसी सिट बाँडफाँट टुंग्याइने बताएका हुन् । उनले सिट संख्यामात्र नभई निर्वाचन क्षेत्रको समेत बाँडफाँट हुने बताएका छन् । गठबन्धनमा सहमति गरेर सिट बाँडफाँट गर्न कांग्रेस र माओवादी केन्द्र लचिलो बन्नुपर्ने उनले बताए ।

यसअघि कांग्रेसले १०० सिट दाबी गर्दै आएको भएपनि ८० को वरिपरि लिनेगरी सहमति हुने प्रचण्डले बताए । त्यस्तै माओवादी केन्द्रले ६० सिट दाबी गरेको र सोही वरिपरि सहमति हुने बताए । एकीकृत समाजवादी र जनता समाजवादीले २५/२५ सिटको दाबी गरेको प्रचण्डले बताए । गठबन्धनका शीर्ष नेताहरु बसेर सिट बाँडफाँटको अन्तिम निर्णय गरिने प्रचण्डले बताए। प्रचण्डले आफ्नो नाम बिभिन्न निर्वाचन क्षेत्रबाट सिफारिस भएपनि चितवन–३ बाटै उठ्ने उनले बताए ।