कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा विश्वप्रकाश शर्मा

प्रकाशित मिति:

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री विश्वप्रकास शर्मा चयन भएका छन् ।बुधबार पार्टीका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणा पत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मालाई मनोनित गरेका हुन् । शर्मा संयोजक रहेको समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी गर्नेछ ।स्थानीय तहको निर्वाचनको घोषणापत्रको जिम्मेवारी भने अर्का महामन्त्री गगन थापाले पाएका थिए ।