बोल्नु भन्दा कामलाई महत्व दिन्छु : विष्णु पौडेल

प्रकाशित मिति:

सुरेश परियार /नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफुले बोल्ने भन्दा कामलाई प्राथामिकता दिने बताएका छन् ।सैनामैना ब्यापार संघको स्थापना दिवसको अवसरमा आयोजना गरिएको एकदिवसीय ब्यावसायिक कला प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले दिगो विकासले मात्र समृद्धिको यात्रा तय हुने भन्दै भाषण भन्दा परिणाम मुखी काममा महत्व दिनुपर्ने औँल्याए ।

रुपन्देहीलाई देशकै आधुनिक तथा ब्यवस्थित सहरको रुपमा विकास गर्ने भन्दै साँस्कृतिक,सामाजिक सहिष्णुताको रुपमा जोड दिने तर्क पौडेलले गरे । तिनाउ करिडोर बनाउने देखि वाणिज्य ब्यापार क्षेत्रको विकास आफनै नेतृत्वमा हुने विश्वास समेत लिए ।उपाध्यक्ष पौडेलले उन्नत नगर सैनामैनालाई बनाएर छाड्ने दृढता ब्यक्त गर्दै संघको निजि भवनका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।ब्यावसायिक कला प्रशिक्षणको सहजीकरण प्रशिक्षक योगी नवराज फुयाँलको रहेको थियो । सैनामैनाका उधोगी,ब्यापारी गरि १५० जना भन्दा बढिलाई प्रशिक्षण गराइएको थियो ।  संघका कार्यवहाक अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।