मेगा बैंक द्धारा बित्तीय साक्षरता

प्रकाशित मिति:

मेगा बैंक नेपाल लिमिटेड बुटवल शाखाले बुटवल दिपनगर स्थित सिद्देस्वरि लालकुमारी उच्च माध्यमिक बिद्यालयमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो बिद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत ब्यबस्थापन संकायका बिद्यार्थीहरुलाई बित्तीय साक्षरता प्रदान गरिएको हो ।

मेगा बैंक लुम्बिनी प्रदेशका प्रदेश मार्केटिङ अफिसर आबिस्कार खनालले विद्यार्थीहरुलाई नेपालमा रहेका बैंक तथा बित्तीय सस्थाको प्रकार , बैंकहरुले प्रदान गर्ने सेवा सुबिधा , बैंकमा हुने खाताका प्रकार , बचतको महत्त्व , चेकको प्रयोग , सेयर बजार लगायतका बिसय बस्तुमा जानकारी दिनुभएको थियो भने मेगा बैंक बुटवल शाखाका प्रबन्धक अमृत थापाले प्राथमिक सेयर बजारमा लगानी गर्ने विधि र प्रक्रियाको बारेमा समेत जानकारी दिनुभएको थियो भने सानै देखि बचत गर्ने र बित्तीय जानकारी राख्ने बानी बसाले भबिस्यमा बित्तिय अवस्था सहज हुने बताउनु भयो ।सो कार्यक्रममा क्याम्पसकि शिक्षिका सुशिला ज्ञवाली , मेगा बैंकको तर्फबाट सरोज भण्डारी , केशव खनाल , अशेस पौडेल , सरिता उपाध्याय लगायतले आ आफ्ना भनाइहरु राख्नु भएको थियो भने कार्यक्रम पश्चात सोधिएका प्रश्नहरुको सहि जवाफ दिने बिद्यार्थीहरुलाइ पुरस्कार समेत वितरण गरिएको थियोे ।