तिर्थराज काफ्ले कावासोती-कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उदेश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।बैंकले सेवा विस्तार गर्ने क्रममा सोमबार नवलपुर जिल्लाको हुप्सेकोट गाँउपालिका वडा नं। ३ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । कार्यक्रमा हुप्सेकोट गाँउपालिकाकी अध्यक्ष लक्ष्मीदेबि पाण्डे रहनु भएको थियो ।कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डले ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास बढने बताउनु भयो । त्यस्तै हुप्सेकोट गाँउपालीकामा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा मात्र नभई शाखानै आवश्यक रहेको समेत बताउनु भयो ।हुप्सेकोट गाँउपालिका वडा नं। ३ निवासी सन्जु गुरुङ्ग लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
हुप्सेकोट गाँउपालिकाकी अध्यक्ष लक्ष्मीदेबि पाण्डेले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घघटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनछ ।यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको कामना विकास बैकका क्षेत्रीय प्रमुख शिव कुमार ढकालले बताउनु बताउनु भयो । कार्यक्रमा हुप्सेकोट गाँउपालिका वडा नं। ३ का वडा अध्यक्ष बिष्णु बहादुर राना , प््रम बहादुर कार्की ,चुरा बहादुर गुरुङ्ग , व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुक व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।












