भदौ–२७, बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा सोमबार स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा आरम्भ रिसोर्टमा गरिएको कार्यक्रममा शैक्षिक सत्र २०७९ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई टीका, खादा र मायाको चिनोसहित स्वागत गरिएको थियो ।कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले बुटवलको शैक्षिक उन्नयनमा दीप बोर्डिङले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आजसम्म विद्यालयको शैक्षिक उपलब्धी राम्रो रहेको र आगामी दिनमा पनि विद्यालयले गुणस्तरीय र जीवनोपयोगी शिक्षा दिने कुरामा अब्बल रहोस् भन्ने शुभकामना दिनुभएको थियो ।
त्यसैगरी अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले शिक्षा क्षेत्रमा दीप बोर्डिङले उल्लेखनीय योगदान पुर्याएको बताउँदै विद्यार्थीको सफलताका लागि शिक्षक र विद्यालय मात्र नभएर अभिभावकहरूसमेत सजग र सचेत हुनुपर्ने बताउनुभएको थियो भने राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम ज्ञवालीले भविष्य समुज्वल पार्न विद्यार्थी स्वयम् सक्रिय हुनुपर्ने बताउनुभएको थियो ।कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले शैक्षिक गुणस्तर कायम गर्न योगदान पुर्याउनुहुने सम्पूर्ण शिक्षकशिक्षिकाहरूलाई धन्यवाद दिँदै सबैको सक्रियताले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन सकिने बताउनुभयो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले विद्यार्थीहरूको पढाइलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार लगायतका कुरा तयार गर्न विद्यालय निरन्तर लागिरहेको बताउनुभयो ।
विद्यालयको कक्षा १२ का विद्यार्थी अङ्कित पौडेलको सभाध्यक्षता, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीको प्रमुख आतिथ्यता, शाखा अधिकृत बाबुराम भण्डारी, अभिभावक महासंघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजू, उपाध्यक्ष उमाकान्त चापागाई, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य कलाधर अर्याल, प्लस टु संयोजक वसन्त जोशी, सञ्चालक समिति सदस्य विष्णुमाया श्रेष्ठ, विज्ञान सङ्कायका संयोजक कमल नेपाल, कक्षा ९ र १० का संयोजक के बी खाम्चा लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा १२ विद्यार्थी अनुसन्धान पोख्रेलले स्वागत, कक्षा ११ का विद्यार्थी कुस्मा ज्ञवाली, विदुषी पौडेल र विश्वास खरेलले धन्यवाद मन्तव्य दिएका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो भने अनौपचारिक कार्यक्रमको सञ्चालन विद्यार्थी द्वय प्राप्ती सुवेदी र स्वेच्छा गिरीले गरेका थिए ।कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले ३० भन्दा बढी नृत्य र गीत प्रस्तुत गरेका थिए।र गुणस्तरीय शिक्षामा र दिने सवालमा दीप बोर्डिङ निरन्तर लागोस् भन्दै को स्वागतार्थ आरम्भ रिसोर्टमा सम्पन्न स् आयोजना गरिएको स्वागत कार्यक्रमआयोजना गरिएको कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा आरम्भ रिसोर्टमा सम्पन्न स गरेको छ ।
विद्या कक्षा












