असूली र नदी उत्खननमा सहभागी छैन – डीएसपी शाह

प्रकाशित मिति:

स्याङ्जाको चापाकोटस्थित इलाका प्रहरी कार्यालयका डीएसपी खर्गनारायण शाहले आफूविरुद्ध लगाइएका आरोपहरू झुटा भएको दाबी गरेका छन् । त्यहाँका केही स्थानीय र व्यवसायीले डीएसपी शाहले आफूलाई दुख दिएको भन्दै गुनासो गरेको समाचार यसअघि एक अनलाईनले प्रकाशित गरेको थियो । प्रकाशित समाचारमा उनले स्थानीय व्यापारी र व्यवसायीसँग असुली गरेको उल्लेख थियो ।

त्यस्तै त्यहाँ मन्दिर निर्माण गर्ने क्रममा प्रहरीलाई नै बिनाज्याला काममा लगाएको आरोप स्थानीय लगाएका थिए । साथै फ्रीको सामान ल्याउन उनले स्थानीय व्यापारीलाई उर्दी दिएको भन्दै अर्को आरोप लागेको थियो ।स्थानीय ठेकेदारसँग मिलेर कालिगण्डकीबाट गिट्टी बालुवा उत्खनन् गरेको आरोप पनि शाहले खण्डन गरेका छन् । डीएसपी शाहले गरेको खण्डनको अंश

खण्डन :- मिति २०७९।०५।२० गते बिजपाटी अनलाईनमा मेरो विषयलाई जोडेर समाचार प्रकाशित भएको खबरप्रति मेरो ध्यानाकर्षण भएको छ । ईलाका प्रहरी कार्यालय चापाकोटमा मिति २०७८।०३।१४ गते हाजिर भए पश्‍चात यहाँको शान्ति सुरक्षा देखी अवैध गतिविधि नियन्त्रण गर्न २४ सैं घण्टा नागरिक, नेपाल सरकारको कानून र नेपाल प्रहरी संगठनको स्थाई आदेश बमोजिम खटिदै आएको व्यहोरा अवगत गराउन चाहन्छु । नेपालको चौथों अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई आवाज बिहिनको आवाजको रुपमा र स्वतन्त्रताको वकालत गर्ने एक संस्थाको रुपमा आफुले चिनेको छु । तर म माथी कसैको व्यक्तिगत स्वार्थ वा कुनै शक्तिको आडमा मेरो र म सेवारत रहदै आएको नेपाल प्रहरी संगठनको समेत चरित्र हत्या गर्ने गरी बिजपाटी अनलाईन खबरले प्रकाशित गरेको समाचारले नेपालको पत्रकारीताको विश्‍वस्नीयता माथी प्रश्‍न उठाएको छ । सामाचारमा प्रकासित भएका विवरणहरु सबै कुन श्रोतबाट प्राप्त गरिएको हो भन्ने समेत नखुलाई म र मैले सेवा गरेको गरिमामय नेपाल प्रहरी संगठनको बन्दनाम गर्ने खालको समाचारको खण्डन गर्दछु । आगामी दिनमा पनि आम नागरिकलाई विश्‍वस्नियता दिने गरी खबर प्रकाशित गर्न पनि बिजपाटी अनलाईनका सम्पादकिय टिमलाई अनुरोध गर्दछु । आम नागरिकलाई भ्रमित पार्ने गरी खबर प्रकाशित गर्दा शान्ति सुरक्षा जस्तो गम्भिर समस्यालाई यस्ता खबरले प्रशय दिने मेरो ठम्याई छ ।

यस कार्यालयको ईलाका एरिया भित्र अहिले सम्म कुनै बहानामा नागरिकबाट होस वा उधोगी व्यवसायीहरुबाट होस कुनै पनि असुली धन्दा नगरेको । यस एरिया भित्र संचालनमा रहेको सवारी साधनहरु मध्ये अधिकत्म मोटरसाईकल र स्कुटरहरुको व्लु बुक नभएको, बर्षौ देखी व्लु बुकको नविकरण नै नगरेको, उमेर नपुगेका (१८ वर्ष भन्दा कम उमेर) बच्चाहरुले सवारी साधनहरु चलाउने गरेको, सवारी चालक अनुमती पत्र नलिएका चालकहरुलाई यस कार्यालयमा स्थापना भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट चापाकोटले जरिवाना रसिद दिएर मात्रै जरिवाना काट्ने गरेको कुनै पनि सवारी साधनका चालकलाई बिना रसिद कुनै प्रकारको असुली गर्ने कार्य नभएको । साँखर स्थित ईट्टा भट्टामा ईट्टा पोल्न वनको कागज बनाएर दाउरा बोकेको कुन ट्राक्टरले मलाई रु.१५००० दिएको हो र किन दिएको हो मलाई थाहा छैन । म यस ईलाका प्रहरी कार्यालयमा हाजिर भए पश्चात हाल सम्म वनको बिना ईजाजत पत्र लु.३ त. ३३४२ नं.को ट्राक्टरले ३२.१७ क्यू.बि.फिट खयर जातको काठ बनकट्टाबाट तिलपुरको पुल तर्फ जादै गरेको अवस्थामा नियन्त्रणमा लिएको, लु.४ त. २७९५ नं.को ट्राक्टरमा बर्रो जातको काठ बनकट्टाबाट रामपुर पाल्पा तर्फ जादै गरेको अवस्थामा तिलपुरको पुलमा नियन्त्रणमा लिएको र ग. १ त. २६५० नं.को ट्राक्टरमा ५३.८१ क्यू.बि.फिट सालको चिरान काठ लोड गरी साँखरबाट भिमाद तर्फ जादै गरेको अवस्थामा नियन्त्रणमा लिएको, नियन्त्रणमा लिएका सम्पूर्ण ट्राक्टर तथा काठहरु बन कार्यालय दामाचौर स्याङजामा बुझाईएको । दुर्घटना भएका सवारी साधनहरुको दुर्घटना प्रमाणित गर्दा कुनै पनि चार्ज तथा जिन्सी सामान नलिएको । यस कार्यालयको हाता भित्र निर्माण सम्पन्न भई सकेको मन्दिरमा चापाकोट नगरपालिकाबाट आर्थिक सहयोग रु. ५,००,०००।- दिन्छु भनि तत्कालिन नगरप्रमुख शिव गिरीले तोक लगाएपनि पेष्की रु.१,५०,०००।– मात्र मन्दीर निर्माण समितीका अध्यक्षले प्राप्‍त गर्नु भएको, अन्य व्यपारी तथा व्यक्तिबाट आर्थिक सहयोग नलिएको र केही हार्डवेयर पसल तथा मन्दिर नर्माण समिती अध्यक्षको उधारो बाँकी रहेको । सन्तोषी कन्स्ट्रक्सन वा कुनै पनि निर्माण कम्पनिसंग सामान लिएको मलाई थाहा छैन । कालीगण्डकी नदी दोहान लगायतमा हाल सम्म बिभिन्न मितिमा- सन्तोषी कन्स्ट्रक्सनको बा.३ ख. २३६४ नं.को टिपर -१, दर्शन कन्स्ट्रक्सनको ग. १ क. ३५०२ नं.को टिपर -१, ग.१ घ. २६७७ नं. को जे.सि.भि.-१, ग. १ त. ७२८५ र लु.३ त.६८८९ नं.को ट्राक्टरहरु -२ गरी अन्य बिभिन्न नं.को १८ वटा ट्राक्टरहरु नियन्त्रणमा लिई सम्पुर्ण साधनहरु आवश्यक कार्वाहीको लागी चापाकोट नगरपालिकामा बुझाईएको ।

हालसालै दुर्घटना भएको सम्वन्धमा मिति २०७९।०४।२५ गते दामाचौर तर्फबाट चापाकोट आई रहेको वर्ष ४५ को लोक बहादुर कुँवरलाई साँझ ०८:०० वजेको समयमा नं. नखुलेको ट्राक्टरले ठक्कर दिई भागेकोमा उपचारको क्रममा पोखरामा मृत्यु भएको र गोप्य सुचनाको आधारमा उक्त नं. नखुलेको ट्राक्टर (ग.१ त. ७५१९) र बिना सवारी चालक अनुमती पत्रका चालक बिकाश कुमाललाई पक्राउ गरी वडा प्रहरी कार्यालय वालिङ मार्फत मु.द.नं. २८ (०७९।०८०)मा मुद्दा दर्ता भई अनुसन्धान भई रहेको साथै पिडितले पाउने क्षती पुर्ति अदालतले दिलाउने छ । बारा जिल्ला कोतवालपुर घर भई चापाकोट न.पा. वडा नं. ८ दामाचौरमा डेरा गरी कवाडीको काम गर्ने सुनिल साहले आफ्नै डेरा अगाडीको घरमा मिति २०७९।०३।२३ गते राती ०२:३० बजेको समयमा लोग्ने मान्छे नभएको घरमा पछाडीको गोठबाट माथीलो तल्लामा एक्लै सुति रहेकी महिलालाई अभद्र व्यवहार गर्न खोज्दा महिला चिच्याएकोले टोल छिमेकीहरु भेला जम्मा भई निज सुनिल साहलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय चापाकोटलाई खबर गरेकोमा तत्काल प्रहरी गस्ती टोली पुगी नियन्त्रणमा लिएको र पिडितको जाहेरीको आधारमा वडा प्रहरी कार्यालय वालिङको मु.द.नं. १३४ (०७८।०७९) मा दर्ता भई हाल रु.५०००।- धरौटीमा छुटेको तत् पश्चात यस कार्यालयको एरिया ईलाका भित्र कहि कतै नदेखिएको र निजले संकलन गरी राखेको कवाडी सामानहरु के, कती, कहाँ, कुन अवस्थामा छ मैले देखेको छैन मलाई थाहा छैन । मैले गरेका कुनै त्यस्ता प्रमाणहरु छन् भने सार्वजनिक गरिदिन माग गर्दै समाज अनि आम नागरिकलाई अतिरन्जित गर्ने खालका सामाचार प्रकाशितमा रोक लगाउन प्रेस काउन्सिल नेपाल र नेपाल सरकार सँग अनुरोध गर्दछु ।
“जय नेपाल”
प्रहरी नायव उपरीक्षक
(खर्ग नारायण शाह)
ईलाका प्रहरी कार्यालय चापाकोट ।