ग्लोबल आइएमई बैंक बर्दघाट शाखाद्वारा वित्तीय साक्षरता तथा डिजिटल जनचेतना कार्यक्रम आयोजना

प्रकाशित मिति:

ग्लोबल आइएमई बैंक लिमिटेड बर्दघाट शाखाले बर्दघाट नगरपालिका वडा नं. ४ मा वित्तीय साक्षरता तथा डिजिटल जनचेतना कार्यक्रम आयोजना गरेको छ । बैंकले ग्राहकहरुलाई बैंकको डिजिटल कारोबारका माध्यमहरु मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट (एटीएम) कार्ड, क्रेडिट कार्ड, इ-कमर्श कार्ड, क्युआर कोड, मिसकल बैंकिङ्ग, भाइबर बैंकिङ्ग सम्बन्धी जानकारी तथा डिजिटल कारोबारका माध्यमहरु उपयोगीता एवम् फाइदाहरुका बारेमा जानकारी गराइएको थियो ।

बुधबार आयोजित जनचेतना कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडले कार्यक्रम आयोजना गर्नुको उद्देश्यका बारेमा बैंैकको लुम्बिनी प्रादेशिक कार्यलय उप–प्रमुख जोगलाल भुसालले प्रष्ट पार्नु भएको थियो । उक्त कार्यक्रम बर्दघाट शाखाका शाखा प्रबन्धक अनिल भण्डारीले बैंकको डिजिटल कारोबारका माध्यमहरुका बारेमा जानकारी गराउनु भएको थियो । उक्त जनचेतना कार्यक्रममा दुई सय जना उपस्थित रहेको थियो ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।