काठमाडौं, भदौ ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनलाई प्रचण्डले धोका दिएको बताएका छन् ।माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँने क्रममा ओलीले आफूलाई प्रचण्डले धोका दिएको बताएका हुन् ।नेकपा बनाउन र वामपन्थी आन्दोलनलाई एकैठाउँमा ल्याउनका लागि आफूले प्रचण्डलाई अंगालो हालेको तर उनले छुरी रोपको ओलीले बताए । ‘प्रचण्डलाई मैले मान सम्मानपूर्वक मेरो छेउमा राखेको थिएँ । एकतावद्ध भएर जाऔं भनेर मैले हात मिलाएको मात्रै होइन, अंगालो हालेको थिएँ । तर प्रचण्ड हात लुकाइलुकाइ हिँड्थे, म अलिअलि होसियार त थिएँ । नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्मै छुरी रोपे,’ उनले भने।
उनले प्रचण्डलाई समाजवादतर्फ एकतावद्ध भएर अगाडि बढ्न आग्रह गर्दा आफैलाई पार्टीबाट निकालेको बताए । आफुले प्रचण्डको हात समाए पनि उनले लुकाउने गरेको उनको भनाइ छ। ‘कस्तोसँग एकता गरेको रहेछु रु मैले दिएको बरदान मेरै टाउकोमा राखेर भष्म पार्न खोज्ने रु त्यसरी हुन्छ आन्दोलन रु’ उनले प्रश्न गरे । उनले अहिले गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक , राजनीतिक हरेक हिसावले निर्लज्ज ढंगले ओरालोतर्फ लगिरहेको बताए। मुलुकलाई शान्ति र स्थीरता तथा बिकासको बाटोतर्फ अघि बढाउन अवको निर्वाचनमा एमालेले हार्न हुने उनले बताए। ओलीले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अव यसलाई रोक्नुपर्ने धारणा राखे। एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको उनको भनाई छ । अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरु मध्ये कसैले पनि एक्लाएक्लै चूनाव लड्ने आँट गर्न नसकेको तर्क गरे ।












