भोलि रातिदेखि संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

प्रकाशित मिति:

काठमाडौं, भदौ ३१ – सरकारले असोज १ ९भोलि० रातिदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन असोज २ गते र ३ गतेको समय तोकिसकेको छ।समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसद्को कार्यकाल रहने व्यवस्था छ। प्रतिनिधि सभाको बैठक अब भोलि एक दिनमात्रै बस्नेछ ।