३१ भदौ, कञ्चन-जगिलाल थापा-रुपन्देहीको कञ्चन गाउपालिकामा नेपाल कोरिया मैत्री सांस्कृतिक गुम्वा निर्माण हुने भएको छ। शुक्रवार गुम्वा निर्माणको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के।सीले शिल्यन्यास गर्नु भएको छ।के पप सपोर्टर्स को अप्रेटिभ डेभलपमेण्ट कोरियाको आर्थिक सहयोग तथा स्थानीयहरुको सहकार्य र समन्वयमा कुपी सफ्टवेयर डेभलपमेन्ट प्रा। लि। द्वारा निर्माण हुने सांस्कृतिक गुम्वाको शिलन्यास गर्दै मुख्यमन्त्री के।सी।ले गुम्वा निर्माण सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेश सरकारको आवस्यक सहयोग हुने बताउनु भएको छ। रुपन्देहीको कञ्चन गाउपालिका पर्यटनको बिकासको मुख्य सम्भावना रहेको र नेपाल कोरिया मैत्री गुम्वा निर्माणले यहाँको महत्व अझै बढ्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मुख्यमन्त्री के।सी।ले बिश्वास व्यक्त गर्नु भयो।कञ्चनको हरियो बनलाई नै पर्यटन प्रबद्र्धन गर्न सके यहाँको बिकासले तिव्र गति लिने बताउदै मुख्यमन्त्री के।सी।ले कृषि र पर्यटन कञ्चनको समृद्धिको आधार निर्माण गर्न प्रदेश र संघिय सरकारबाट आवस्यक बजेट व्यबस्थापनका लागि आवस्यक पहलकदमी गर्ने मुख्यमन्त्री के।सी।ले प्रतिबद्धता ब्यक्त गर्नु भयो।
यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले शान्तीका दुत गौतमबुद्धको जन्मस्थलसंग जोडिएको कञ्चनको पर्यटन प्रबद्र्धन गर्नमा नेपाल कोरिया मैत्री गुम्वा निमाण पछि थप सहयोग गर्ने उल्लेख गर्नु भयो। कार्यक्रमका बिशिष्ट अतिथि समेत रहनु भएका प्रदेश सभा सदस्य ढकालले कञ्चनको समृद्धि कृषि र पर्यटन भएको र यसको व्यबस्थित गरी अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो। लेकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक ढकालले कञ्चनको पर्या पर्यटन, धार्मिक,कृषि र जल पर्यटनकोदिगो बिकासका लागि लुम्बिनी प्रदेश र संघबाट थप बजेट व्यबस्थापनका लागि आफु प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो।कार्यक्रममा नेपाल कोरिेया बुद्धिस्ट मैत्री गुम्वाका निर्देशक लि शान हुनले नेपाल कोरिया मैत्री सम्वद्धलाई अझ बलियो बनाउन बौद्ध पार्क तथा नेपाल कोरिया सांस्कृतिक गुम्वा निर्माणले सहयोग गर्ने बताउनु भएको छ। हामी नेपाली कला संस्कृति धर्मसंग आपसी मैत्रीपुर्ण तथा सांस्कृतिक सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउनकै लागि गुम्वा निर्माण्ण गर्न तयार भएको निर्देशक लि शान हुनले बताउनु भयो। कार्यक्रममा कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनमा नेपाल कोरिया मैत्री सांस्कृतिक गुम्वालाई कञ्चनको गरिमा र गहनाको रुपमा बिकास गर्न आ आफ्नो क्षेत्रबाट आवस्यक सहयोग उपलब्ध गराउने र गुम्वा समयमै निर्माण सम्पन्न हुनेमा समेत बिश्वास गर्नु भएको थियो।
रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रको पश्चिम देउराली ब्लक अन्तर्गत चौपारीमा निर्माण हुने सो गुम्वाको लागत खर्च करिब १३ करोड अनुमान गरिएको छ। वौद्ध पार्कको रुपमा निर्माण हुने सो गुम्वा १ बर्ष भित्र निर्माण सम्पन्न हुने छ।नेपाल कोरिया सांस्कृतिक आदान प्रदान गुम्वा निर्माण समन्वय समितिका संयोजक हस्त बहादुर सावँरको अध्यक्षतामा सम्पन्न भएको शिलन्यास कार्यक्रमको संचालन कमल परियाले गर्नु भएको थियो। गुम्वाको शिलन्यास गर्न आउनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के।सी, प्रदेश सभा सदस्य भुमिश्वर ढकाल लगायत पाहुनाहरुलाई कञ्चनमा कृयाशिल बिभिन्न रराजनैतिक दलका प्रतिनीधि,कञ्चन ५ का प्रगतिशिल आमा समूह, एकता युवा क्लव, गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, स्थानीय भद्र भलाद्मीहरुद्वारा स्थानीय पञ्चेबाजा सहित स्वागत तथा सम्मान गरेका थिए।












