ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दशैंको किनमेल गर्दा आईफोन १३ जित्ने मौका

प्रकाशित मिति:

ग्लोबल आइएमई बैंक GBIME ले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ । असोज १ देखि महिनाभर चल्ने यो अभियान अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिनेछ ।

यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर ५०० रूपैयाँ वा सो भन्दा बढिको क्यूआर मार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्नेछ ।बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज् प्रा।लि।तथा स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा लिसँगको सहकार्यमा ल्याएको हो । बैंकको सतहत्तरै जिल्लामा २९० शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू रहेका छन् ।