प्रदेश १ र मधेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति:

काठमाडौँ – आज देशभर बदली रहने भएको छ। मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश १ र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति प्रदेश १ का थोरै बाँकी प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

मंगलबार प्रदेश १, मधेश र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।