लायन्स क्लव अफ सैनामैना मलमला : दसैँको शुभकामना सहित खाद्यान्न वितरण

प्रकाशित मिति:

लायन्स क्लव अफ सैनामैना मलमलाले नगद, खाद्यान्न वितरण तथा भोजन कार्यक्रम सम्पन्न गरेको छ । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत विजय दशमी तथा शुभ दिपावलीको पावन अबसरमा सैनामैना ८ रामापुरमा रहेको सुस्त मनस्थिति विद्या मन्दिरमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको क्लवका अध्यक्ष युवराज कार्कीले जानकारी दिए । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई माया सदभाव र सहयोगकाे खाचो रहेकाे भन्दै क्लवले आगामी दिनमा पनि यस्ता सहयोग लाइ निरन्तता दिने बताएको छ ।

कार्यक्रममा क्लवका चार्टर प्रेसिडेन्ट कृष्ण प्रसाद शर्मा, विधालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल पोख्रेल , शिक्षिका सुशीला पन्थ लगायतले बोल्दै क्लबको रचनात्मक कामको प्रशंसा गरेका थिए । दसैँको शुभकामना सहीत १५ जना विद्यार्थीहरुमाझ सो कार्यक्रम आयोजन गरिएको क्लबका कोषाध्यक्ष बाबुराम कँडेलले जानकारी दिए ।