एफईसी र सहयोगी सहकारीबीच एकीकरण हुँदै

प्रकाशित मिति:

तिलोत्तमा, १४ असोज । एफईसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड मंगलापुर रुपन्देही र सहयोगी बचत तथा क्रृण सहकारी संस्था रूरूक्षेत्र गाउपलिका–४ बलेटक्सार गुल्मीबीच एकीकरण हुने भएको छ । यी दुई सहकारी संस्थाबीच एकीकरण गरी यही असोज २९ गते संयुक्त साधारणसभा सम्पन्न गर्ने निर्णय भएको एफइसी सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए । यसैगरी असोज ७ गते मंगलापुरमा र १२ गते बलेटक्सारमा बिस्तारित बैठक गरी दुई सहकारी संस्थाले आपसमा एकीकरण गर्ने निर्णय गरेका हुन् ।