रोहिणीमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान

प्रकाशित मिति:

भैरहवा, १५ असोज । रुपन्देहीको रोहिणी गाउँपालिकाले ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । गाउँपालिकाले असोज १३ र १४ गते उक्त अभियान सञ्चालन गरेको उनले जानकारी दिए ।

शुक्रबार रोहिणी–३ स्थित धकधई चोकमा आयोजित उक्त अभियानमा गाउँपालिकाका अध्यक्ष यादव, प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष बीर बहादुर क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । पछिल्लो समय नेपालमा डेंगुको संक्रमण बढ्दै गएको छ ।