कञ्चनमा लामखुट्टेको बासस्थान खोजौं र नस्ट गरौं अभियान शुरु

प्रकाशित मिति:

१४ असोज, कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजौं र नस्ट गरौं अभियान शुरु गरिएको छ। डेंगु रोगको प्रकोप बढ्न लागेपछि गाउँपािलका जनप्रतिनीधि, कर्मचारी, स्वास्थ्यकर्मी, बिभिन्न राजनैतिक दल, संघ संस्था तथा सरोकारवालाहरुको उपस्थितिमा उक्त अभियान शुरु गएिको छ।

अभियानको शुरुवात कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको हरैया बजारबाट गर्नु भयो भने वडा नं. १ मा उपाध्यक्ष मौसमी थापा मगरले गर्नु भयो। लामखुट्टेको बासस्थान खोजौं र नस्ट गरौं अभियानको शुभारम्भ गर्दै गाउपालिका अध्यक्ष नवराज ढकालले हरेक दिन आफ्नो घर वरीपरीको झाडी तथा नाली कुलेसाहरुको सरसफाई गरी लामखुट्टे फैलिन नदिन आग्रह गर्नु भयो। कोरोनाको कहरबाट पार लाग्दै गर्दा डेंगु रोगको संक्रमणले जन जिवन अस्तव्यस्त बनाउन सक्ने भएकोले बेलैमा पानी जम्ने ठाउ, लामखुट्टे बस्ने स्थानहरुको सफाईमा बढी ध्यान दिन कञ्चनवासीलाई आग्रह गर्नु भयो।

कञ्चन १ मा लामखुट्टेको बासस्थान खोजौं र नस्ट गरौं अभियानको शुभारम्भ गर्दै गाउपालिका उपाध्यक्ष मौसमी थापा मगरले लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको रोकथाम र नियन्त्रणको एउटै उपाय भनेको लामखुट्टे बस्ने बास्थानहरु नाली, झाडी, पानी जम्ने ठाउ तथा भाडाकुंडाहरुको नस्ट गर्नु भएको बताउनु भयो। हरेक दिन आफ्नो घर वरीपरीको वातावरण सफा स्वस्थ राखेमात्र पनि लामखुट्टेको बृद्धि रोकिने भएको हुँदा लामखुट्टे बस्ने बासस्थानको खोजी गरी तिनीहरुको नस्ट गर्ने अभियानलाई दैनिक काममा समावेश गर्नु पर्नेमा उपाध्यक्ष मौसमी थापा मगरले जोड दिनु भयो।

एडिज प्रजातीको लिामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको नियन्त्रण गर्न सबैले एकैसाथ लामखुट्टेको बासस्थानको खोजी गरी नस्ट गर्नु पर्ने कञ्चन गाउपवालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले बताउनु भयो। गाउपालिकाको ५ वटै वडाहरुमा अभियानको अनुगमन गर्दै स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले एडिज नामको पोथी प्रजातीको लामखुटेले बिशेष गरी दिउस, सांझ र बिहानको समयमा टोकेको अवस्थामा डेंगु रोग लाग्ने भएकोले घरमा बस्दा लामो बाहुला भएको कपडा लगाउनु आग्रह गर्दै राती सुत्दा झुल लगाएर सुत्नु पर्ने, लामखुट्टेको बृद्धि, विकास रोक्न घर, कार्यालय, सार्वजनिक स्थान वरपर रहेका खाल्डाखुल्डीहरुमा पानी जम्न नदिने, पानी जमेका टिनका डब्बाहरु, रंगका खाली डब्बाहरु, थोत्रा टायरहरु, प्लाष्टिकका बोटल, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, फूलदानी, गमला, कलश आदिमा जमेको पानीलाई फालेर पानी जम्न दिन नहुने कुरा बताउनु भयो। ।

देशभरिका ६० जिल्लामा देखिएको डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि वडा नं. २ मा वडा अध्यक्ष टेक बहादुर गुरुंग, वडा नं. ४ मा वडा अध्यक्ष केशर बहादुर खत्री र वडा नं. ५ मा वडा अध्यक्ष कुल प्रसाद पौडेलले लामखुट्टेको बासस्थान खोजौं र नस्ट गरौं अभियानको शुभारम्भ गर्नु भएको थियो। अभियानमा जनप्रतिनीधि, कर्मचारी, स्वास्थ्यकर्मी, बिभिन्न राजनैतिक दलका प्रतिनीधि, संघसंस्थाका प्रतिनीधिहरु, सामुदायिक महिला स्वास्थ्इ स्वयम सेबिका लगायतले आ आफ्नो संस्थागत व्यानर सहित सहभागी भएका थिए। स्वास्थ्य शाखाले हरेक दिन १० बजेर १० मिनेटको समयमा लामखुट्टेको बासस्थान खोजौं र नस्ट गरौं अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्नको लागि कञ्चनवासीलाई आग्रह गरेको छ।