बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुखु खेलराज पाण्डेय स्याङ्गजाको प्रसिद्ध आलमदेवी शक्तिपीठको दर्शन गर्नु भएको छ ।
प्रमुखमा निर्वाचित भएपछि पहिलो पटक जन्मस्थल स्याङ्गजाको कालिगण्डकी गाउँपालिका वडा नं. २ कोटाकोट पुग्नु भएका पाण्डेय महाअष्टमीको अवसरमा आलमदेवी मन्दिर दर्शनको लागि पुग्नु भएको हो ।शक्तिपीठमा पुगेर उहाँले सबैलाई दशैंको शुभकामना दिँदै बुटवललाई देशकै सबल आर्थिक केन्द्र रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
आलमदेवी शक्ति पिठको दर्शनका क्रममा पनि आफुले त्यही कामना गरेको उहाँले बताउँदै सबैको सद्भाव, सहकार्य र बुटवलबासीको प्रेरणाबाट बुटवल देशकै सवल आर्थिक केन्द्र बन्ने बताउनु भयो ।यस्तै प्रमुख पाण्डेयले आलमदेवी क्षेत्रको विकासमा चासो ब्यक्त गर्नु भएको छ । आलमदेवी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उहाँले बताउनु भयो । आलमदेवी मन्दिर विकास समितिका पदाधिकारीहरुसँग कुराकानी गदैै उहाँले रानीमहल, आलमदेवी, बडहरकुन शिला, सेतिवेणी शिलालाई जोडर धार्मिक पर्यटकीय पथ मार्ग निमाण गर्न सके यस क्षेत्रको विकास हुने बताउनु भयो ।आलमदेवी मन्दिरमा बडादशैको महाअष्टमी र चैतेदशैका दिन विशेष पुजाअर्चना हुँदैआएको छ । शाहबंश राजाहरुको कुल मन्दिर रहेको आलमदेवी शक्ति पिठको ऐतिहासिक तथा धार्मिक महत्व रहेको छ












