यस बर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार फ्रान्सेली,अमेरिकी र अष्ट्रेलियाली बैज्ञानिकहरुलाई प्रदान

प्रकाशित मिति:

यस बर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार फ्रान्सेली,अमेरिकी र अष्ट्रेलियाली बैज्ञानिकहरुलाई प्रदान गरिने भएको छ । फ्रान्सका एलेन एस्पेक्ट ,अमेरिकाका जोन एफ क्लाउजर तथा अस्ट्रेलियाका एन्टोन जेलिङ्गरले परिमाण यन्त्रगतिशास्त्र (क्वान्टम मेकानिक्स)मा उपलब्धिहरूका लागि उनीहरुले भौतिकशास्त्रको नोबेल पुरस्कार जितेका छन । मंगलबार स्विडेनको स्टकहोममा आयोजित आयोजक समितिले तीनै जनाको नाम घोषणा गरेको छ।

जटिल धनात्मक अणु (इन्ट्याङ्गल्ड फोटान)को प्रयोगका लागि, बेल असमानता र अग्रगामी परिमाण सूचना विज्ञानको उल्लङ्घन स्थापित गर्दै तीनै जना बिजयी भएका छन् ।प्रत्येक विजेताले जटिल धनात्मक अणु (इन्ट्याङ्गल्ड क्वान्टम स्टेट्स )अवस्थाहरू प्रयोग गरेर परीक्षणहरू सञ्चालन गरेका छन ।एस्पेक्ट फ्रान्स, ,क्लाउजर अमेरिकाको क्यालिफोर्निया र जेलिङ्गर अस्ट्रियामा जन्मेका हुन् । तीनै बैज्ञानिकहरुको खोजहरूले जोन स्टीवर्ट बेलको कामलाई थप र अगाडि बढाएको सिएनएनले जनाएको छ । तीन जना बैज्ञानिकको कामले “क्वान्टम टेक्नोलोजी(परिमाण प्रविधि)को नयाँ युगको जग स्थापित गरेको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेज(विज्ञान प्रतिष्ठान)ले भन्यो।