दशैँको दिन १० जनामा कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौँ – दशैँको दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा देशभर ९ सय ७८ जनामा परीक्षण गर्दा १० जना मात्रै कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणअनुसार आज ७६ जना निको भएका छन्। हाल देशभर ७ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्।यसैगरी देशभर ३१ हजार १०३ जना डेंगु संक्रमित रहेका छन्।