अविरल वर्षाका कारण वालिङ-बायँटारीका ५ घर जोखिममा

प्रकाशित मिति:

वालिङ,असोज २१ गते । अविरल वर्षासंगै पहिरो जादा वालिङ नगरपालिका वडा नम्बर १३ को बायँटारी ठुलाखेतका ५ घर जोखिममा परेका छन् । अविरल वर्षासंगै पहिरो जादा बायँटारीका ५ पक्की घरअगाडि पहिरो खस्दा ती घरहरु उच्च जोखिममा परेका हुन् । वालिङ नगरपालिका १३ का बायँटारीका धनबहादुर डाला, पृथलाल गुरुङ, हाइमाया गुरुङ र इन्द्रबहादुर सार्कीलगायतको घरअगाडि पहिरो जाँदा घरहरु जोखिममा परेका वडा अध्यक्ष नमलाल डुम्रेले जानकारी दिनुभयो ।

जोखिममा रहेका घरका परिवारलाई अन्त्र स्थानान्तरण गरिएको छ । जोखिममा रहेका मध्ये तीन घर परिवारलाई मगर भवनमा सारिएको छ भने दुई घर आफन्तको घरमा बसेको अध्यक्ष डुम्रेले जानकारी दिनुभयो । घरमा रहेका सम्पुर्ण सामानहरु सारिएको छ । तत्काललाई वर्षाबाट जोखिम कम गर्नका लागि प्लाष्टिकले पानी तर्काउने काम गरिएको छ । घर नै जोखिममा पर्ने गरी पहिरो गएको खबर पाए लगतै वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण,उपप्रमुख कविता तिवारी गैह्रे, वडा अध्यक्ष नमलाल डुम्रे लगायत पहिरो स्थलमा पुगेर प्लास्टिकको पाल लगायतका सामग्री पहिरो गएको स्थानमा राखेर थप पहिरो जानबाट रोक्ने प्रयास गरिएको छ । शसस्त्र र जनपथको सहयोगमा प्लाष्टिकहरु बिछ्याईएको छ ।