मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिएको छ।शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत रूपमा सुधार नभएकाले आयात प्रतिबन्ध कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरेको थियो।
सबै प्रकारका तयारी मदिरा, तीन सय डलर माथिका स्मार्टफोन, जिप, कार र भ्यान ९एम्बुलेन्स र शवबाहन बाहेक०, एक सय ५० सिसी माथिका मोटरसाइकलमा अर्को सूचाना जारी नभएसम्म आयात गर्न पाइने छैन।सरकारले यी वस्तुमा बैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँदै आएको छ।विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो।
असार ३१ मा राजपत्रमा अर्को सूचना प्रकाशित गर्दै त्यसलाई भदौ १४ सम्म निरन्तरता दिइएको थियो।भदौ १५ गते राजपत्रमा अर्को सूचना निकाल्दै सरकारले १० मध्ये ६ वस्तुमा लगाएको प्रतिबन्ध खुला गर्दै चार वस्तुको प्रतिबन्धलाई असोज २८ सम्म लम्ब्याएको थियो।अहिले पनि सरकारले यसलाई कायम गरेको छ।












