Aरुपन्देही : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टीले अहिले आफ्नो सकृयता ह्वात्तै बढाएको छ । सांगठनिक संरचनालाई पुर्नजिवित गर्नका लागि एमालेले केन्द्र देखि वडा तहसम्मको आफ्ना पार्टीको भातृ संगठनको संरचनालाई पुर्नताजकी गराउने काम गरिरहेको छ ।नेकपा एमाले निकट भातृ संगठन `”न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा समाज परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराको साथ स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल , रुपन्देही जिल्ला कमिटी सङ्गठन तीव्र गतिमा गहिरहेको छ ।
राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले २०७९ साल कार्तिक १ गते पार्टी कार्यलाय सुख्खानगर पुष्पलाल स्मृति भवनमा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी अध्यक्ष मनोज गौचन को को अध्यक्षता , राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उपाध्यक्ष सुमन पुरीको प्रमुख आतिथ्यता नेकपा एमाले रुपन्देही जिल्ला सदस्य एवम् युवा इन्चार्ज नकुल शाही ठकुरी बिशिस्ट अतिथिता मा रुपन्देही जिल्ला जिल्ला कमिटी सचिवालय तथा विस्तारित बैठक सम्पन्न गरेको छ ।बैठक नेकपा एमाले जनसंगठन सम्बन्धि विशेष परिपत्र अनुसार कात्तिक ५ गते भित्र क्षेत्रीय स्तरको युवा निर्वाचन परिचालन भेला गर्ने निर्णय गरेको छ ।बैठकमा एमालेले मात्र देशमा समृद्ध ल्याउन सक्ने र एमालेका उम्मेदवार विजयी बनाउने गरी चुनावी अभियानमा सक्रिय बन्न पार्टीको उदेश्य अनुरुप रुपन्देहको हितका निम्ति जनवर्गीय संगठनलाई चलायमान बनाइ संगठन निर्माणमा लाग्नका प्रमुख अतिथि पुरीले बताए ।
पार्टीले देशको भावी प्रधानमन्त्रीका रूपमा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेर बताउँदै जिल्लामा पार्टीको चुनावी अभियानलाई तीव्रता दिने गरी अघि बढ्नु पर्ने नेकपा एमाले जिल्ला सदस्य एवम् युवा इन्चार्ज नकुल शाही ले बताए ।पार्टीलाई सत्ता गठबन्धनलगायत विदेशी शक्तिहरूले चौतर्फी घेराबन्दी र षड्यन्त्र गरिरहेको भन्दै त्यसविरुद्ध उभिन र । मंसिरमा हुने निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउने गरी सक्रिय बन्न र पार्टीको जनसंगठन सम्बन्धि विशेष परिपत्र अनुसार कात्तिक ५ गते भित्र क्षेत्रीय स्तरको भेलामा लाग्न कार्यकर्ता लाई राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष मनोज गौचन ले निर्देशन समेत दिए ।बैठक राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला सह – सह-संयोजक बिकास गहतराज र स्वागत मन्तव्य विकास बस्नेतले रहेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कार्यालय सदस्य कृष्ण कुमालले बताए ।











