प्रकाश न्यौपाने
कार्तिक २ गते
नवलपरासी । नवलपरासीका व्यावसायीहरु वैंकले अस्वभाभिक व्याज वढाएको भन्दै आन्दोलनमा उत्रिएका छन।वैंक तथा वित्तिय संस्थाहरुको व्याज वृद्धि गर्दा ज्यादति पुर्ण तवरले वृद्धि गरेको भन्दै व्यावसायीहरुले संकेत्तिक रुपमा बर्दघाट बजार चोक, भुताहा चोक, सुनवल चोक लगायतका ठाउँमा विरोध सभा गरेका छन।
व्यवसायीहरुले बैंकको चर्को व्याजदरले र देशको हालको परिस्थितिका कारण व्यवसाय धरासायी वनेको भन्दै तत्काल व्यवसायीको मर्का सम्वोधन गर्न माग समेत गरेका छन।असोजको पहिलो हप्तामै जिल्ला प्रशासन र राष्ट्र वैंकलाई ज्ञयापनपत्र द्धारा ध्यानाकर्षण गारउदा पनि ब्याजदरमा कुनै सुनुवाई नभएकाले संकेतिक बिरोध स्वरुप बुधबार एक दिन बर्दघाट उधोग बाणिज्य संघले सिठी बजाउदै बजार बन्द गरिएको महासचिव दिनेश न्यौपानेले बताउनु भयो ।
त्यस्तै सम्पुर्ण बैक तथा बित्तीय सस्थाहरुमा दवाब पुगोस् भनेर सहजीकरण पत्र मार्फत बित्तीय संघ सस्थाहरुको ध्यानाकर्षण गराइएको उधोग बाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो ।
त्यस्तै सुनवलमा पनि संकेतिक बिरोध गर्दै १५ मिनट चक्का जाम र विरोध सभा गरेको उद्योग वाणिज्य संघ सुनवलका
अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो।
जनाएको छ । कर्माचार्यका अनुसार सुनवलका व्यवसायीहरुले बैकहरुले बढाएको व्याज दरको विरोध स्वरुप सटर डाउन गर्ने कार्यक्रम रहेको बताउनु भयो ।
त्यस्तै विभिन्न राजनैतिक आन्दोलनमा व्यवसायीहरुले सहयोग गरेको भन्दै अब व्यवसायीहरु आफै आन्दोलनमा लहोमिएकाले सवैले सहयोग गर्नु पर्ने र तत्काल समस्यालाई समाधन गर्न राष्ट्र वैंक लर सरकाले तत्कालन सम्वोधन गर्नुपर्ने उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीको भनाई छ।
विरोध कार्यक्रममा ट्रक व्यवसायी संघका नवलपरासी सेक्टर उपाध्यक्ष विष्णु सुवेदी,मदिरा व्यवसायी संघका जिल्ला अध्यक्ष हरि भण्डारी,इट्टा व्यावसायी केन्द्रिय सदस्य कृष्ण नारायण श्रेष्ठ,वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगाएतले विरोध सभालाई सम्वोधन गर्नुभएको उद्योग वाणिज्य संघ सुनवलका महासिचव तेजु भण्डारीले बताउनुभयो।
विरोध कर्याक्रममा पश्चिम नवलपरासीका ढुवानी व्यवसायी,मदिरा व्यवसायी,इट्टा व्यावसायीहरु साथै विभिन्न व्यवसाय संग सम्वन्धित वस्तुगत संघहरुको सहभागिता रहेको थियो।












