रंजीत शर्मा- नवलपरासीर ०७ कार्तिक । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०२ हरपुरमा शुभ दिपावलीको अवसरमा राखिएको माता लक्ष्मीको मुख अनावरण गर्दै रामग्राम नगरपालिकाका पुर्व मेयर नरेन्द्र गुप्ताले धार्मिक कार्य नाफा र घाटाको लागि न भई धर्म सांस्कृतिको रक्षा गर्न गर्नु पर्ने बताएका छन्। हरपुरका सम्पूर्ण जनसमुदायको सहयोगबाट राखिएको माता लक्ष्मी,माता सरवस्ती तथा भगवान गणेश जीको मूर्तिको आज साँझ मुख अनावरण कार्यक्रममा प्रमूख अतिथि रामग्राम नगरपालिकाका पूर्व नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले धर्मले मानवता सिखाउने हुँदा यसको संरक्षण तथा आगामी दिनमा यसको रक्षा गर्न हामी युवा पुस्ताको दायित्व रहेको बताउनु भएको छ।
कार्यक्रममा प्रमुख अतिथि गुप्ताले सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बीलले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको बताए। लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन भएको हुँदा छोरीलाई समेत सम्मान गर्न आग्रह गरेका छन्। यसरि मूर्ति स्थापना गरी धर्म सांस्कृति संरक्षणमा विशेष भुमिका निर्वाह गरेको देखेर सम्पूर्ण सहयोगी मन तथा हरपुरका युवाहरुलाई धन्यबाद सहित शूभकामना व्यक्त गरेका छन्।
बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार दीपावलीको दिन घरको सबैतिर सफासुग्घर गरी दैलो,सङ्घार, झ्याल,ढोका,कौसी,अटाली,भर्याङ लगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ। लक्ष्मीपूजा गर्न दीपावलीको दिनको बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ ।लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।गृहेणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा,धान,चामल,फलफूल,रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ।
कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०२ बस्ने सुभाष चन्द्र गुप्ता,रामग्राम नगरपालिकाका पुर्व कार्यपालिका सदस्य रोशन शाह,मैत्री समाज नेपालका अध्यक्ष एवम् यूवा नेता राकेश गुप्ता,शंकरपुर प्रा०वि० का प्रधान्यापक राजेश प्रजापति, उपकार समाज संस्थाका अध्यक्ष एवम् पत्रकार रंजीत शर्मा लगायत सम्पूर्ण गाउँबासीको उपस्थिति रहेको थियो।मूर्ति स्थापना गर्नमा हरपुरका यूवा दिलीप प्रजापती,रंजीत शर्मा,आदित्य प्रजापती,ऋषिराज प्रजापती,सञ्जय गुप्ता,रम्भु गुप्ता,जीतेन्द्र गुप्ता,करण शर्मा,रोशन शर्मा,सुब्बा गुप्ता,गिरेश गुप्ता लगायतले सहयोग गरेका छन्।












