सुस्तामा डुङ्गा पल्टिदा ३ जनाको मृत्यु 

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
कार्तिक १५ गते 
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर ४ गोकुलनगरबाट वनभाेज गएका स्थानीय ७ जना ब्यक्तिहरु मध्ये फर्किने क्रममा डुङ्गा पल्टिदा साेमवार ३ जनाकाे ज्यान गएकाे छ भने २ जना गम्भिर घाइते भएका छन् ।
सांझ सवा ६ बजेकाे समयमा भएकाे डुङ्गा दुर्घटनामा परि ज्यान गुमाउनेमा नवलपरासी जिल्ला सुस्ता ४ गोकुलनगर बस्ने बर्ष. २२ को गुड्डु हरिजन, बर्ष १८ को निरज हरिजन र बर्ष १८ को रन्जित गुप्ता रहेका छन् ।
नर्सही घोला पारी पटनहिया स्थितमा बनभोज गएकोमा बनभोज सकिए पश्चात ५ जना व्यक्तीहरु डुङ्गामा चढी फिर्ता हुने क्रममा अचानक डुङ्गा नर्सही घोलामा डुङ्गा पल्टिएको हो ।
घटना स्थलमा खटि गई स्थानियको सहयोगमा पांचै जनालाई वेहोस अवस्थामा उद्धार गरी उपचारको लागि सहिद स्मृति अस्पताल चौपता पठाएकोमा निजहरु मध्ये निम्न ३ जनाको सवा ८ बजेकाे समयमा उपचारको क्रममा मृत्यु भएको र अन्य २ जनाको सोही अस्पतालमा उपचार भैरहेको नवलपरासी प्रहरीले जनाएकाे छ ।
घाइते हुनेहरूमा बर्ष २२ को स्थानीय किशाेर हरिजनकाे अवस्था सिरियस रहेकाे छ भने त्यस्तै बर्ष  १५ को सोहित सहानिकाे अवस्था सामान्य रहेकाे छ । बनभोज गएका अन्य २ जना मर्चहवा गाउँ तर्फको बाटो हुदै घर फर्केको प्रहरीले जनाएकाे छ । डुङ्गा के कसरी पल्टन गएको भन्ने बिषयमा अनुसन्धान कार्य भैरहेको जनाइएकाे छ।