सुस्तामा डुवानको समस्याको दिर्घकालीन समाधान गर्न पहल गर्छु – चौधरी

प्रकाशित मिति:

प्रकाश न्यौपाने
कार्तिक १८ गते
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा प्रत्येक बर्ष दोहोरिने बाढी र डुवानको समस्या समाधान गर्न बिनोद चौधरीले कुटनितीक पहल अगाडी बढाउने बताउनु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिनुहुने चौधरीले नारायणी नदीका कारण प्रत्येक बर्ष सुस्ता , प्रतापपुर लगायत देखिएको बाढी तथा डुवानको समस्यालाई भारत संग अनौपचारीक रुपमा छलफल तथा कुटनितीक पहलद्धारा समस्या समाधान गर्नु पहल अगाडी बढाउनुभएको हो ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथसंग निकट मानिने चौधरीले बिशेष गरी सुस्ता र नारायणी नदीमा देखिएको समस्या दिर्घकालीन रुपमा समाधान गर्न भारतीय उत्तर प्रदेश देखी संघीय सरकारमा आफ्नो व्यक्तीगत र सरकारी स्तर मा समेत पहल कमदी अघि बढाउनुभएको हो ।