नागरिक समाज बलियो भए मात्रै राष्ट्रको सर्वाङ्गीण बिकास हुन्छ – खनाल 

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
कार्तिक २० गते 
नवलपरासी । मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सभापति तथा प्रमुख अतिथी गोबिन्द खनालले नागरिक समाज बलियो भएमा मात्रै राष्ट्रको सर्वाङ्गीण बिकास हुने बताउनु भयो । खनालले मानव अधिकार तथा शान्ती समाज नवलपरासीको २२ औं बार्षीक साधारण सभा कार्यक्रममा बोल्दै उहाले देश बिकासका लागि नागरिक समाजको महत्वपूर्ण भुमिका रहने र सो का लागि नागरिक समाज बलियो हुनु पर्ने बताउनु भयो ।  देश बिकासका लागि हाल सम्म प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउदै खनालले आर्थिक, समाजिक र राजानितिक विषयमा दलहरु जनताप्रति जवाफदेहि नहुदाँ लामो समय र बलिदानी खर्चेर पाएको उपलब्धि गुम्ने खतरा बढेको बताउनु भयो । खनालले हाल सम्म प्राप्त उपलब्धिहरुलाई जोगाउन नागरिक समाज, बौद्धिक ब्यक्तित्व लगायत हरेक नगरिक सचेत रहनुपर्ने बताउनु भयो ।
मानव अधिकार तथा शान्ती समाज नवलपरासीका पुर्व सभापती ,कुलदिप प्रसाद आचार्य केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठ ,बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ लगायतको मन्तब्य रहेको कार्यक्रमको सभापति सन्तोष अधिकारीले गर्नु भएको थियो ।