लागु औषध दुव्र्यसनी राष्ट्रको ठूलो समस्य हो ।” नेता चौधरी

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
कार्तिक २५ गते 
नवलपरासी  ।  लागू औषध दुर्व्यसनी राष्ट्रको ठुलो समस्या भएको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले बताउनु भयो । बर्दघाट नगरपालिका र नार्कोन नेपालको संस्थाको संयुक्त पहलमा  जिल्लामा विकराल समस्याको रुपमा देखिएको लागु औषध दुव्र्यसनी सम्वन्धी समस्या समाधानमा लाग्नु पर्ने बताउनु भयो    ।
युवा जनशक्ती लागु औषध दुव्र्यसनीमा फस्नु राज्यको जनशक्ती खेर सरह भएकाले दक्ष जनशक्तिको उचित व्यस्थापन गर्नु पर्नेमा उहाको जोड छ  । पश्चिम् नवलपरासीमा खुला सिमाका कारण प्रहरी प्रशासन लाई समेत छलेर लागुऔषध सहजै रुपमा भित्रने गरेको छ ।यसमा बालबालिकालाई समेत प्रयोग गरीएको पाईन्छ । सम्बन्धित निकाय र स्थानिय तहहरुले यो समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न नसकिरहेको अवस्थामा चौधरीले सक्रियता देखाएका छन् ।
बिधालय तहदेखि नै बिधार्थीहरु कुलतमा फस्दा यो समस्या दैनिक रुपमा बिकराल बन्दै गएको छ । यस क्षेत्रमालो ठुलो संख्यामा युवा पुस्ता नै लागुऔषधको दलदलमा फस्दा यसको नियन्त्रण गम्भिर र चुनौतिको बिषय बनेको छ । सामुहिक रुपमा सबै स्थानिय तह र सम्बद्ध सरोकारवाला सबैलाई जोडेर चौधरीले न्युनिकरणकालागि पहल सुरु भएको बताएका छन् । लागुऔषधका क्षेत्रमा काम  गर्दै आईरहेको प्रतिष्ठित संस्था नार्काेनन् नेपालको सहयोगमा बिषेश अभियानको तयारी गरिएको छ ।