आजको मौसम : पहाडी क्षेत्रको मौसम बदली हुने

प्रकाशित मिति:

काठमाडौँ – आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।

राति गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।सोमबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू९भागका एक(दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ।