दाउन्नेदेवी क्याम्पसमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने
कार्तिक २८ गते
नवलपरासी । बर्दघाट ४ मा रहेको दाउन्नेदेवी बहुमुखी क्याम्पसमा आज एक दिने बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी क्याम्पस व्यवस्थापन  समितीका अध्यक्ष बिश्वप्रेम पाठकले बित्तीय साक्षरता कार्यक्रमले विद्यार्थीमा व्यावहारिक ज्ञान अभिवृद्धि गर्न सहयोग गर्ने बताउनु भयो । विद्यार्थी जिवनमा सामाजिक, आर्थिक र राजनीतिक ज्ञान हासिल गर्नु पर्ने बताउदै उहाले बित्तिय साक्षरता कार्यक्रमले आर्थिक रूपमा राम्रो ज्ञान दिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख नरेश खनालले क्याम्पसले विद्यार्थीहरुलाई बित्तीय साक्षरतामार्फत व्यवहारिक शिक्षामा जोड दिएको बताउनु भयो । किताबि ज्ञानका साथ साथै बिद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्नका लागी क्याम्पसले बित्तीय साक्षरता कार्यक्रममार्फत डिजिटल बैकिङ्गसङ्ग सम्बन्धि रहेर कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रममा सिद्धार्थ बैक बर्दघाटका शाखा प्रमुख कमल पौडेल र कर्जा बिभाग प्रमुख युवराज खत्रीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा स्नातक तह अध्ययनरत करिब २ सय विद्यार्थीको सहभागी रहेको थियो ।