प्रकाश न्यौपाने
कार्तिक २९ गते
नवलपरासी । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एव प्रधानमन्त्री शेर बहादुर देउवाले सबिधानको रक्षाका लागी गठबन्धनले चुनाब जित्नु पर्ने आवस्यकता रहेको बताउनु भयो । जनताका प्रतिनिधिहरुबाट बनेको संसदको रक्षा गर्न नसक्ने केपि ओलिलाई मत दिएर अर्थ नरहेको बताउदै उहाले भन्नू भयो “- गठबन्धनलाई मत दिनुहोस ५ बर्ष पूरा चलाउने छौ । हामि
समावेशी सबिधान रक्षा गर्दै अगाडि बढ्छौ । ”

कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुस्प कमल दाहाल प्रचण्डले केपी ओलिको हुलमा कौरवहरु रहेको र पाच दलको गठबन्धनमा पाच पाडपहरु रहेकोले चुनाव रुपि युद्धमा पाण्डपको आर्थात गठबन्धनको जित हुने बताउनु भयो ।
ओलि प्रवृतीले अधिकार जनताका अधिकार खोस्ने बताउदै उहाले अधिकार स्थापित बनाउने गठबन्धन भएकाले गठबन्धनलाई मत दिन आग्रह गर्नु भयो ।

पश्चिम नवलपरासिको क्षेत्र न १ मा गठबन्धनका उम्मेदवारको रुपमा नेपाली काङ्ग्रेसका नेता बिनोद चौधरी र प्रदेश क का उम्मेदवार बिश्व प्रेम पाठक लगायतले बोल्नु भएको छ ।












