पाठकद्रारा मतदातालाई आभार प्रकट

प्रकाशित मिति:

प्रकाश न्यौपाने
मसीर ४ गते
नवलपरासी । पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ प्रदेश सभा १ गठबन्धनका उम्मेदवार रहेका बिश्व प्रेम पाठकले मतदातासहित सरोकारवाला सबैप्रति आभार र कृतज्ञता प्रकट गर्नु भएको छ ।
मतदान सकिएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पाठकले मतदाताहरु प्रती हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्नु भएको छ । उहाँ भन्नू हुन्छ -” निर्वाचनमा निरन्तर खटिनुहुने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मीलगायत सम्बद्ध सबैप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु । ”

२०७४ सालको स्थानीय निर्वाचनमा बर्दघाट नगरपालिकाको मेयर पदमा पराजित भए पनि सामाजिक कार्यमा निरन्तर लागेका पाठकले सामाजिक क्षेत्रमा लोकप्रिय कामहरु गर्नु भएको छ ।