रुपन्देही २ मा सर्वदलीय बैठक जारी, मत गणना विहान १० बजेपछि गर्ने तयारी

प्रकाशित मिति:

बुटवल । प्रतिनिधि तथा प्रदेशसभाको सम्पन्न निर्वाचनको मतगणनाका बारेमा छलफल गर्न रुपन्देही क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक जारी रहेको छ । आइतबार सम्मपन्न मतदानपछि सबै मतमेटिका निर्वाचन अधिकृतको कार्यालय बुटवल उपमहानगरपालिकामा ल्याई रुजु गर्ने काम सम्पन्न भएको कार्यालयका अधिकृत उदविर नेपालीले जानकारी दिए ।

विहानैदेखि यहाँका राजनीतिकदलहरु बीच सर्बदलीय बैठक जारी रहेको बताउँदै नेपालीले विहान १० बजेपछि मात्रै मत गणना हुनसक्ने बताएका छन् । १ लाख २६ हजार ८०७ मतदाता रहेको रुपन्देही २ मा ६३ प्रतिशत मत खसेको छ ।