रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै, विष्णु पौडेल पछिपछि

प्रकाशित मिति:

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । ६ हजार ६२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २ हजार २४४ मत पाएका छन् भने एमालेका विष्णु पौडेलले १९४४ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र पार्टी  घर चिन्ह  का उम्मेदवारले १४६१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक सय ३१ मतदान केन्द्रबाट ८१ हजार दुई सय दुई मत खसेको छ ।