वालिङ,मङ्सिर १४ गते । मङ्सिर ४ गते सम्पन्न भएको मतदानबाट देशका प्राय सबै क्षेत्रको नतिजा आई सकेको छ । कसले सरकार बनाउने र को प्रधानमन्त्री हुने भन्ने चर्चा जताततै छ तर शिक्षितहरुको जिल्ला मानिने स्याङ्जा क्षेत्र नं २ को मतगणना भने अझै अनिश्चित रहेको छ । मतदाताले प्रदान गरेको मत वालिङ नगरपालिका भित्रका कोठामा राखिएको छ । प्रत्यक्ष र समानुपातिक मतपेटिका फरक फरक ठाँउमा थन्क्याएपछि एमाले सडकमा आन्दोलन गर्न पुग्यो जसको कारण मतगणना अलपत्र परेको हो ।
मतपेटिका राखिएको कोठाहरु बाहिरबाट चापी लगाएर सील गरिएको छ । कांग्रेस, एमाले लगायतको दलका प्रतिनिधिहरु कै उपस्थितीमा कोठा सील गरिएको हो । कोठा बाहिर शसस्त्र प्रहरी र जनपद प्रहरीले कडा सुरक्षा दिईरहेका छन् । वडा प्रहरी कार्यालय वालिङ का प्रमुख डिएसपी ढकेन्द्र खतिवडा र शसस्त्र प्रहरी ३० नम्वर गुल्मका प्रमुख डिएसपी राजनलाल श्रेष्ठ आफै मतपेटिकाको सुरक्षामा निरन्तर खटिदै आउनु भएको छ ।तर कोठा भित्र रहेको मतपेटिका र मतपत्रको अवस्था के छ कसैलाई थाहा छैन ।हुनत मतपेटिका राखिएको कोठाहरुमा सिसि टिभि रहेको छ । प्रशासनको मुख्य चुनौति मतपेटिकाको सुरक्षा रहेको छ । मुसाबाट समेत जोगाउनुपर्ने स्थिति छ ।
मतपेटिका र मतपत्रको सुरक्षा अब दलका कार्यकर्ता र सुरक्षाकर्मीले मात्रै होइन, बिरालोको समेत सहारामा गरिनुपर्ने मतदाताको भनाई आउनु थालेको छ ।मुसाले मतपेटिका र त्यस भित्र रहेको पत्र काट्न सक्ने धेरैले अनुमान गर्न थालेकाछन् । वालिङका चोक चोकमा मानिस जम्मा भएर भन्ने गर्छन,‘मतपेटिकालाई मुसाले काट्न बेर छैन लन बिरालोलाई कुर्न पठाउन पर्ने भयो ।’ उनीहरु निरन्तर आन्दोन गरिरहेका राजनीतिक दलहरु निरिह र गैरजिम्मेवार बनेको आरोप समेत लगाउनु गरेकाछन् । उनीहरु भन्छन् निर्वाचन गराउने निकाय निर्वाचन अयोग के गर्दाे रहेछ कुन्नी ।चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले)ले आरोप लगाउदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिई रहेकाछन् ।चापाकोट नगरपालिका वडा नम्वर ३,४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो ।
निर्वाचन आयोगले यो क्षेत्रको विवादका बारेमा समयमा नै निर्णय नगर्दा मतदाता समेत आक्रोसित हुँदै गएकाछन् । आयोगले छानविनका लागि समति गठन गरेको भए पनि तोकिएको समयमा प्रतिवेदन प्राप्त नभएको भन्दै निर्णय गर्न सकेको छैन ।यस क्षेत्रमा शान्तपूर्ण रुपमा मतदान भएको भन्दै मतदानमा खटिएका मतदान अधिकृतले रिपोर्ट दिएका थिए यस्तै निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला स्थित सुरक्षा निकायले पनि चुनावमा कुनै समस्या नआएको रो सबैदलको रोहवरमा नै मतपेटिका सुरक्षित तरिकाले कार्यालयमा ल्याई राखिएको प्रतिवेदन दिएको स्रोतले जनाएको छ । मतपेटिका कोठामा राख्ने बेला सम्म सबै दलको सहमति रहेको निर्वाचन निर्वाचन अधिकृत रामचन्दै शर्माले जानकारी दिनुभयो ।आयोगको सिफारिसका आधारमा तत्कालै मतगणना वा विवाद उत्पन्न भएको ठाँउमा पुनः निर्वाचन भन्ने तय हुने आयोगले जनाएको छ ।












