बौद्धदर्शन र सञ्चारको पहिलो अनुसन्धानात्मक कृति

प्रकाशित मिति:

डा. सुरेन्द्रमान बज्राचार्य- हरेक बौद्ध परम्परामा (मुलुक भित्रको होस् वा बाहिरको) त्रिरत्नको अवधारणा रहेको पाइन्छ । त्रिरत्नले बुद्ध, धर्म र संघलाई जनाउँछ । सञ्चारसँग सन्दर्भ जोड्ने हो भने बुद्ध एकजना उपदेशक वा प्रेषक हुन् भने धर्म उनीबाट देशित सञ्चारयोग्य लोक कल्याणकारी उपदेश, दर्शन, नीति नियमलाई भनिने र संघ बुद्धका विचार अनि चर्यालाई सबैको हितार्थ सञ्चार गरी दिने जमातलाई मान्न सकिन्छ । तसर्थ त्रिरत्नका तीनवटै अङ्गहरू एक आपसमा सम्बन्धित छन् र यी अति महत्वपूर्ण भएकोले अमूल्य रत्न समान मानी त्रिरत्न भनिएको हो ।

बुद्धका उपदेश दर्शन २६०० वर्ष अघिको बुद्धकालीन अवस्थाको लागि मात्र प्रसाङ्गिक नभई आजको आधुनिक युगमा समेत उत्तिकै सान्दर्भिक रहेका छन् । त्यसैले बुद्धका विचार, बुद्धधर्म संसारभरि फैलिंदो अवस्थामा छ । बुद्धधर्म पैmलिनुमा सङ्घको ठूलो भूमिका छ किनभने सङ्घ बुद्ध सन्देशका आधिकारिक बाहक हुन् । इतिहासका पृष्ठहरूमा साङ्घिक क्रियाकलापलाई तत्कालीन राजा महाराजा, शासक, समाजका लब्ध प्रतिष्ठित अगुवाहरू व्यापारीहरूले समेत साथ दिई आएका थिए । श्रीलङ्का, म्यान्मार, थाइल्याण्ड, भुटानजस्ता मुलुकहरूमा बौद्ध सञ्चार हेर्ने मन्त्रालय स्तरको छुट्टै निकाय रही आएको छ । सातौं शताब्दीका चिनियाँ यात्री ह्वेनसाङ्गको यात्रा विवरणलाई नियाल्ने हो भने उनको समयसम्म पूरा भारतवर्ष र वरिपरिका भूभागहरू बौद्धमय रहेको स्पष्ट हुन आउ“छ । त्यसबेला व्यवस्थित सञ्चारकार्य नभएको भए त्यस्तो हुने सम्भव थिएन । दोषरहित सरल जीवन निर्वाह गरी कसरी दुःख कम गर्ने वा हटाउन सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिने बौद्धदर्शनलाई सञ्चार जगतले पहिलेदेखि प्राथमिकता दिइआएको छ ।

तसर्थ बौद्धदर्शन बौद्धहरूको लागि मात्र नभई सबैलाई आकर्षणको विषय हुन पुग्यो किनकि दुःख अनुभव नगर्ने कुनै प्राणी यो संसारमा छैन । यस्ता विषयहरूको साथै थुप्रै अरू प्रासङ्गिक विषयहरू समेटेर ‘बौद्धदर्शन र सञ्चार’ शीर्षकको प्रस्तुत पुस्तक बौद्ध धर्म–दर्शन र सञ्चार बीचको परस्परिक सम्बन्धका विभिन्न आयाम र सन्दर्भहरूको अध्ययन, अनुसन्धान गरी केलाई नेपालमा पहिलो पटक प्रकाशित महŒवपूर्ण कृतिको रूपमा देखा परेको छ ।डा. बालकृष्ण चापागाईंले विद्यावारिधि उपाधिको लागि अध्ययन अनुसन्धान गरी तयार पारेको ‘बौद्धदर्शन र सञ्चार’ नामक शोध ग्रन्थलाई बौद्ध भावना अनुरूप सबैको हितको लागि उपयोगी हुन सकोस् भन्ने हेतुले पुस्तकको रूपमा प्रकाशनमा ल्याई प्रशंसनीय पुण्य कार्य गर्नुभएको छ । उहा“ आपैंm पनि सञ्चारकर्मीको रूपमा पत्रकारिता गर्दै आउनुभएका कारण सञ्चारमा स्थापित मान्यता, सिद्धान्त र अवस्थाका ज्ञाता हुनुहुन्छ ।

विद्यावारिधि पूरा गर्ने क्रममा लेखकले उपलब्ध विभिन्न स्रोत ग्रन्थहरूको आधार लिनुको साथै आन्तरिक परीक्षकको रूपमा मैले दिएका बौद्ध मान्यता अनुरूपका सञ्चार विषयसँग सम्बन्धित सुझावहरू मनन गरी आवश्यकता अनुसार आफ्नो मत समेत उजागार गरी परिमार्जन गरी तयार पारेको शोध ग्रन्थमा आधारित यस पुस्तकको लागि आफ्नो मन्तव्य दिन पाउनु हर्षको क्षण हुन पुगेको छ । यो पुस्तक सञ्चार विषयका विद्यार्थीहरूको लागि मात्र नभई प्रायोगिक बुद्धधर्म ९ब्उउष्भिम द्यगममजष्कm० को दायराभित्र आउने ‘बुद्धधर्म र सञ्चार’ को मिश्रित विषय ९क्ष्लतभचमष्कअष्उष्लिबचथ बउउचयबअज० को अध्ययनको लागि समेत उपयोगी हुने विश्वास गर्न सकिन्छ । साथै यस पुस्तकले ‘बौद्ध धर्म–दर्शन र सञ्चार’ को आपसी सम्बन्धबारे थप अनुसन्धानको ढोका समेत खोल्ने आशा गर्न सकिन्छ ।अन्त्यमा लेखक डा. बालकृष्ण चापागाईंज्यूबाट पनि यस पुस्तकमा मात्र सीमित नरही ‘बौद्धधर्म– दर्शन र सञ्चार’ विषयमा अरू थप अनुसन्धानमूलक कृतिहरू प्रकाशन भइरहोस् भन्ने अपेक्षा राख्दै शुभकामना व्यक्त गर्दछु । ( स्रोतः ‘बौद्धदर्शन र सञ्चार’ ग्रन्थबाट)