भैरहवा, मंसिर १६ । आगामी मंसिर २३ गते देखि भैरहवामा हुने लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को तयारी तिब्र पारिएको छ । मुस्ताङ देखि मर्चवार सम्मका स्थानीय स्तरमा उत्पादित चिजवस्तुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लागिएको मेलामा २ सय स्टल दर्ता भइसकेका छन् । मेला सञ्चालन हुने दिन नजिकिए सँगै व्यवसायका स्टलहरु दर्ता तिब्र गतिमा भइरहेको मेला व्यवस्थापन तथा प्रचारप्रसार संयोजक कृष्ण घिमिरेले बताए । मेलालाई कृषि उत्पादन सँग जोडेर बजारीकरण गरिनेमा घिमिरेले जोड दिए ।
महोत्सवमा स्थानीय उत्पादनका साथै देश तथा विदेशमा रहेका उत्पादनहरुको स्टल रहने र अहिले सम्म २ सय स्टल दर्ता भइसकेको सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा मेलाका स्टल व्यवस्थापन समिति संयोजक नेत्र प्रसाद आचार्यले बताए । मेलामा उपभोक्ता र उत्पादक एवं किसानहरुको प्रत्यक्ष भेटघाट हुने र कृषि जन्य वस्तुहरु, माछा तथा घरेलु उत्पादिन समान राखिने आयोजकले जनाएको छ ।












