लुम्बिनी राष्ट्रिय महोत्सवमा जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्त व्यक्तिलाई प्रवेश निःशुल्क

प्रकाशित मिति:

भैरहवा, मंसिर १९ । लुम्बिनी राष्ट्रिय महोत्सवमा जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्त व्यक्तिलाई प्रवेश निःशुल्क गरिएको छ । पर्यटन कृषि र उद्योगको विकास राष्ट्रिय सम्मृद्धिको आधार भन्ने मुल नाराका साथ सिद्धार्थ उद्योग वाणिज्य संघको अयोजना गरिएको ८ औं लुम्बिनी राष्ट्रिय महोत्सवमा यस्ता व्यक्तिलाई प्रवेश निःशुल्क गरिएको हो ।

कोभिड १९ का कारण दुई वर्ष सम्म ज्यान बचाउनु पर्ने भएकोले मेला महोत्सव गर्न नसकेको र अहिले मेला आयोजना गरिएको बताउँदै आर्थिक रुपमा विषम परिस्थिति भएपनि व्यवसाय प्रवद्र्धन गर्नको लागि मेला आयोजना गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म न्यौपानेले बताए ।व्यापार मेला सञ्चालन गर्ने विषयमा विभिन्न संघ संस्था सँग गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीले स्थानीय दर्शक, उत्पादन र कला संस्कृतिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।व्यापार मेलाबाट आर्थिक चलायमान हुने उद्देश्यले विषम परिस्थिति भएपनि मेला आयोजना गरिएको संघका उपाध्यक्ष नेत्र आचार्यले बताए । व्यापार मेलामा नाफा घाटाको हिसाब नगरी घाटा नबनाउने हिम्मत गरेर अगाडि बढेको महासचिव विजय पाण्डेले बताए ।सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले २०६१ साल देखि भैरहवामा व्यापार मेला आयोजना गर्दै आएको छ ।