कौरव खत्री-मंसिर २० गुल्मी । ग्लोबल आईएमई बैंकले मुसिकोट नगरपालिकाका २ स्थानमा आफ्नो शाखा रहित बैङ्किङ सेवा द्यीद्य विस्तार गरेको छ । बैंकलले २७८ औँ शाखा मुसिकोट नगरपालिका वडा नं.२ मुसिकोट देउराली र २७९ औँ शाखाको रुपमा वडा नं. ४ नेटाबाट सेवा आरम्भ गरेको हो । आईतबार दुबै शाखाको उद्घाटन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल जीवनले भौगोलिक हिसाबले ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी नागरिकहरुलाई सहजता प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । साथै नगर प्रमुख खरेलले बैंक सम्बन्धी जानकारी लिने,सेवा लिने दिने, तथा प्रविधिको विकाससँगै नागरिकलाई बैङ्किङ क्षेत्रसँग जोड्न सहयोग पुगेको बताउनुभयो ।
साथै सोही अवसरमा मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले बैंकको पहुँच बाहिर दुर दराजमा रहेका नागरिकहरुलाई बैकिंङ सेवामा पु¥याउने स्वभावैले आर्थिक एवम् सामाजिक विकाससंग जोडिएको बताउनुभयो । त्यस्तै वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले व्यवसायिक भन्दा पनि अझ धेरै सेवालाई ध्यानमा राखेर काम गर्न सुझाव दिनुभयो ।साथै वडा नं ४ का पूर्व वडाध्यक्ष ओम बहादुर केसीले आफुहरुले विगतमा वडा नं ४ मा झन्झटिलो माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको स्मरण गर्दै शाखा रहित बैकिंङ सेवा शुभारम्भ भएसँगै नागरिकलाई सहज भएको धारणा राख्नुभयो ।ग्लोबल आईएमई बैंकका व्यवसायिक प्रतिनिधि बसन्त अधिकारीले ग्लोबल आईएमई बैंकको शाखा रहित सेवाले नागरिकलाई बैंकको पहुचसम्म पुर्याउने तथा ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्ने बताउनुभयो । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने,सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कामहरु हुने जानकारी दिनुभयो ।
ग्लोबल आईएमई बैंक वामी शाखाका प्रबन्धक बिष्णु कुँवरले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै वामी शाखाको मातहतमा रहनेगरी उक्त शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको वताउनुभयो । उहाँका अनुुसार मुसिकोट नगरपालिकाको वडा नं १– पौदी अमराइ, वडा नं. ३ –ठुलापोखरा, वडा नं. ५– आपचौर, वडा नं. ६– भुवाचिदी र वडा नं. ९– पाड्थोकमा बैंकले यसअघि नै शाखा रहित बैंकिङ्ग सेवा द्यीद्य सञ्चालन भैसकेको छ । विस्तारित नयाँ शाखा रहित सेवा मध्ये वडा नं २ मा मदन दिप घिमिरे र वडा नं ४ मा बोम बहादुर छन्त्यालसंग बैंकले द्धिपक्षिय सम्झौता गर्नुका साथै प्रमाण पत्र र ईलेक्ट्रिक मेसिन समेत हस्तान्तरण गरेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, समाजेवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम ग्लोबल आईएमई बैंक वामी शाखाका प्रबन्धक बिष्णु कुँवरको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने वामी शाखाका सह प्रबन्धक बुद्धमणी खरेलले गर्नुभएको थियो ।
“सबैका लागि बैंक” भन्ने नाराका साथ ३२ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७७ जिल्लामा २९२ शाखा, २७० एटीएम, २७९ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय (संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारत) समेत गरी ८९५ भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गहरुमा सेवा प्रदान गदै आइरहेको छ ।












