प्रकाश न्यौपाने
पुस ४ गते
नवलपरासी । पश्चिम नवलपरासीमा उखु किसानहरुलाई तत्कालका लागि प्रतिकुईन्टल ५ सय २० रुपैया चिनी उद्योगबाट भुक्तानी पाउने भएका छन् । यस क्षेत्रबाट निर्वार्चित संघीय सांसद विनोद चौधरी र प्रदेश सांसद देवकरण प्रसाद कलवार ( सन्तु ) को पहलमा उद्योग सञ्चालनहरु भएको छलफलका आधारमा उक्त रकम दिन उद्योगहरु तयार भएका हुन् ।
सरकारले उखुको समर्थन मुल्य तोकि नसकेको अवस्थामा तत्कालका लागि चिनी उद्योगबाट प्रतिकुईन्टल ५ सय २० रुपैया किसानले पाउने गरी उद्योगहरु सहमती देखिएका छन् । जस अनुसार किसानले उद्योगमा उखु बापत उक्त रकम पाउने भएपछि तत्कालका लागी किसानहरु खुसी भएका छन् ।
जो होस अघिल्लो अघिल्लो बर्ष बर्षौसम्म वाकीमा उखु दिनुपर्ने र भुक्तीनी लिन विभिन्न समस्या झेल्दै आएका किसानहरुले यस पटक समयमै यस क्षेत्रबाट निर्वार्चित जनप्रतिनिधीहरुले गरेको पहलका कारण उद्योगहरु प्रतिकुईन्टल ५ सय २० रुपैया किसानलाई तत्कालै भुक्तानी दिन थालेपछि किसानहरुले राहतको महशुस गरेका छन् ।
जिल्लामा बागमति, ईन्दिरा र लुम्बिनी चिनी मिल गरि तीन वटा ठुलो चिनी मिलहरु छन । किसानहरुको समस्या प्रति सरकारले ध्यान नदिएकै कारण किसानहरु थप पिडित बन्दै जाँदा उखु खेती घटदै गएको छ । जिल्लामा कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुदै आएको थियो तर अहिले घटेर ५ हजार हेक्टर क्षेत्रफलमा सिमिति भएको छ ।












