काठमाडाैं, पुस : नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २३.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।लघुवित्तको सञ्चालक समितिको २९९औं बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।
हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रूपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि लघुवित्तको चुक्ता पुँजी ७३ करोड २० लाख रुपैयाँ पुग्नेछ।प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।












